Kathmandu Press

नक्कली कार्डले एटीएमबाट पैसा निकाल्ने पाँच चिनीयाँ नागरिक पक्राउ

काठमाडौं, भदौ १५ : नक्कली कार्ड प्रयाेग गरेर एटीएमबाट पैसा निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिस....

नक्कली कार्डले एटीएमबाट पैसा निकाल्ने पाँच चिनीयाँ नागरिक पक्राउ

काठमाडौं, भदौ १५ : नक्कली कार्ड प्रयाेग गरेर एटीएमबाट पैसा निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले गए राति दरबारमार्गस्थित नवील बैंकको एटीएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको बताए। ‘सुरुआतमा एटीएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौं, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौं,’ उनले भने।

पक्राउ परेकासँग प्रहरीले एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

उनीहरुको नाम गोप्य राखिएको छ। प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने भएको छ।

प्रकाशित मिति: १०:३८ बजे, आइतबार, भदौ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्