Kathmandu Press

नेपाल एयर होस्टेज एकेडेमीलाई ‘एमएसएन एक्सिलेन्स अवार्ड २०२१’  

नेपाल एयर होस्टेज एकेडेमीलाई ‘एमएसएन एक्सिलेन्स अवार्ड २०२१’  

दुबई, पुस ८ : मोडल सङ्स नेपालको आयोजनामा दुवईमा एमएसएन एक्सिलेन्स अवार्ड भब्य रुपमा सम्पन्न भएको छ ।  नेपाल लगायत दुवइमा रहेर विभिन्न पेशा तथा रोजगारीमा सफलता प्राप्त गरेका व्यक्ति तथा सस्था साथै सामाजिक क्षेत्रमा योगदान पु¥याएकाहरु लाई अवार्ड प्रदान गरिएको थियो। 

उत्त अवसरमा नेपालमा एभिएसनको क्षेत्रमा विगत १० वर्ष देखि निरन्तररुपमा एयर होस्टेजको तालिम प्रदान गर्दै आएको सस्था नेपाल एयरहोस्टेज एकाडेमीलाई पनि नेपालकै उत्कृष्ट एयरहोस्टेज तालिम सेन्टर एमएसएन एक्सिलेन्स अवार्ड २०२१ अवार्ड घोषणा गरिएको थियो।  

विशेष कारणबस दुवइको कार्यक्रममा उपस्थित हुन नसेपछि उक्त अवार्ड आयोजक सस्थाका अध्यक्ष डेभिल सिंह राजपुतले नेपाल एयर होस्टेज एकाडेमीका निर्देशक रेजिना तुलाधर र प्रशिक्षक गौरीकला थापालाई नेपालमा नै उक्त अवार्ड प्रदान गरेका थिए। 

उक्त कार्यक्रम एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एबं बरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यता सम्पर्न भएको थियो भने ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुत्र्दाह बकर विषेश उपस्थिति रहेको थियो।  

कार्यक्रम माझ  संचार उद्यम तर्फ कर्पोरेट मिडिया  नेटवर्कका अध्यक्ष उज्जल जंग पराक्रम शाह, समाजसेवा तर्फ रोटरी क्लब अफ कपन २०२०,२०२१ का प्रेसिडेण्टर समाजसेवी शिवहरि खनाल, गायन तर्फ रक सिंगर बिनोद ढकाल, मोफसल पत्रकारिता तर्फ हिमालय  टेलिभिजनका पत्रकार बिष्णु गौतम, सामाजिक अभियान तर्फ बिर्ता जेसिसका राजेश बहादुर धिमाल, सौन्दर्यशास्त्रका विभिन्न विधा तर्फ व्युटीसियनहरु  रेखा शाह एमएसएन एक्सिलेन्स अवार्ड २०२१ बाट विभुषित भएका थिए ।         

त्यसैगरि, कार्यक्रमका बिशेष अतिथी शेख नासिर मुत्र्दाह बकरले नेपालबाट दुबईमा आई कार्यक्रम आयोजना गरेकामा आयोजकलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले दुई देशका नागरिक बीचमा सुमधुर सम्बन्ध कायम राख्न सघाउ पुग्ने तथा व्यवसायिक वातावरणमा नयाँ आयाम थप्ने उल्लेख गरे।

प्रकाशित मिति: ०९:५० बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्