Kathmandu Press

पहिरोले घर पुरिँदा आमा र दुई छोरीको मृत्यु

जाजरकोट, भदौ १५ : भेरी नगरपालिका–२ तिमिलेमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

आज बिहान १ः४५ बजे गएको पहिरोले घर पुरिँद....

पहिरोले घर पुरिँदा आमा र दुई छोरीको मृत्यु

जाजरकोट, भदौ १५ : भेरी नगरपालिका–२ तिमिलेमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

आज बिहान १ः४५ बजे गएको पहिरोले घर पुरिँदा तिमिलेकी ३२ वर्षीया पार्वती वली र उनका दुई छोरी नौ वर्षीया मोतीकला र तीन वर्षीया धनसराको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। उनका अनुसार, तीनै जना घरभित्रै पुरिएका थिए।

पार्वतीका पति दलबहादुर घर बाहिर सुतेका थिए। उनलाई भने केही नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले बताए।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। सुरक्षाकर्मी र स्थानीय वासिन्दाले शव निकालिरहेको प्रहरीले जनाएको छ।

केही दिनदेखि जाजरकोटलगायत कर्णालीका पहाडी जिल्लामा वर्षा भइरहेको छ। जसले गर्दा ठाउँठाउँमा पहिरो जाँदा सडक समेत अवरुद्ध भएका छन्।

प्रकाशित मिति: १०:१८ बजे, आइतबार, भदौ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्