Kathmandu Press

एक सातादेखि हराएकी महिलाको शव जङ्गलमा फेला

रुकुम (पूर्व), पुस ७ : विगत एक सातादेखि हराएकी रुकुम (पूर्व) की एक महिलाको शव जङ्गलमा फेला परेको छ । सिस्ने–५ बाहुनठानाकी २९...
एक सातादेखि हराएकी महिलाको शव जङ्गलमा फेला

रुकुम (पूर्व), पुस ७ : विगत एक सातादेखि हराएकी रुकुम (पूर्व) की एक महिलाको शव जङ्गलमा फेला परेको छ । सिस्ने–५ बाहुनठानाकी २९ वर्षीया सुफिया शाहको शव जङ्गलमा फेला परेको हो। उहाँ घरबाट हराएको एक सातापछि मृत अवस्थामा सिस्ने–५ कै कारागाउँ नजिकैको थोतेगैरा भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ।

शाह पुस १ गते घरबाट हराएको परिवारले बताएको छ। परिवारले खोजी गर्दा पनि नभेटिएपछि पुस ४ गते जिल्ला प्रहरी कार्यालयलाई खोजीका लागि आग्रह गरेको थियो। त्यसै सिलसिलामा आज शाहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताए। शाहको शव घाँस काट्न गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  

शाहको मृत्यु बाटोबाट लडेर भएको प्रनाउ श्रेष्ठले बताए। परिवारका अनुसार शाह लामो समयदेखि मानसिक रोगबाट ग्रसित रहेकाले हिँडडुल गर्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने उनले बताए। शवको रुकुम (पूर्व) अस्पतालमा परीक्षण गरिएको छ।

प्रकाशित मिति: २०:१९ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्