Kathmandu Press

कृषि तथा पशुपालनमा नयाँ प्रविधिको खाँचो छ : मन्त्री यादव

कृषि तथा पशुपालनमा नयाँ प्रविधिको खाँचो छ : मन्त्री यादव

काठमाडाैं, पुस ७ : कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले मुलुकका आर्थिक विकास तथा समृद्धिका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन्। नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएशनको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनमा उनले कृषि तथा पशुपालन विकासका क्षेत्रमा नयाँ प्रविधिको प्रयोगको खाँचो औँल्याउँदै यसमा गरिने लगानीले उत्पादनको वृद्धिका साथै त्यसको लागतमा कमी आउने हुँदा कृषक अधिक्तम लाभान्वित हुने बताए।

सरकारले किसानलाई उपलब्ध गराउने विभिन्न अनुदान तथा सहुलियत उनीहरूको हातमा पुर्‍याउन तीनै तहका सरकारबीच समन्वय गर्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले किसानलाई समयमा बीउविजन, प्राविधिक ज्ञान, आवश्यक सूचना उपलब्ध गराउन प्रयत्न भइरहेको जानकारी दिए। उनले मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएकाले सरकारले मलमा दिएको अनुदान कम हुन पुगेको र यसको अभाव देखिएको प्रष्ट पार्दै पेट्रोलियम पदार्थको जस्तै स्वचालित मूल्य समायोजन गरी मल आपूर्ति बढाउन गृहकार्य भइरहेको बताए।

Hardik ivf

सोही मन्त्रालयका सचिव निरु दाहालले बहुसङ्ख्यक कृषकको हितमा हुने गरी कृषिमैत्री नीति ल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘अष्ट ज अभियान’ का संस्थापक लोककृष्ण भट्टराईले मुलुकमा उत्पादित कृषि उपजमा आत्मनिर्भर भई उपभोग्य वस्तुमा आयात प्रतिस्थापन गर्न सकेमा देशको अर्थतन्त्र बलियो हुने विचार व्यक्त गरे।

एशोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले देशमा भएका खेतीयोग्य जमिनलाई उपयोग गर्नुपर्नेमा जोड दिँदै स्वदेशमा आत्मनिर्भर हुने गरी पशुपक्षीको विकास गरी यस क्षेत्रको आयातलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए। एशोसिएसनका महासचिव विशेश्वरप्रसाद यादवले पशुपन्छी औषधि ऐन ल्याउन माग गर्दै पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई अविलम्ब स्वीकृत गर्न माग गरे। सरकारी, गैरसरकारी र सहकारीमा संलग्न करिब ६० हजार पशुस्वास्थ्यकर्मी क्रियाशील रहेको बताइएको छ।

प्रकाशित मिति: १९:१६ बजे, बुधबार, पुस ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्