Kathmandu Press

सुर्खेत गौहत्या प्रकरणः सरकारले बनायो छानविन समिति, १५ दिनभित्रै प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं, भदौ १४ : बाँकेको नेपालगञ्जबाट लगेका गाई सुर्खेतमा बाटोमै खसालेर हत्या गरेको घटनाबारे छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको....

सुर्खेत गौहत्या प्रकरणः सरकारले बनायो छानविन समिति, १५ दिनभित्रै प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं, भदौ १४ : बाँकेको नेपालगञ्जबाट लगेका गाई सुर्खेतमा बाटोमै खसालेर हत्या गरेको घटनाबारे छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ।

शनिबार गृह मन्त्रालयले उपसचिवज सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो। गृहले समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकेको छ।

मन्त्रालयले गौहत्या गम्भीर अपराध भएकाले त्यसमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने जनाएको छ।

दैलेखको श्रीनाथ लैजान भन्दै नेपालगञ्जको काञ्जी हाउसबाट लगिएको गाई, गोरु, बाच्छाबाच्छीलाई वीरेन्द्रनगरभन्दा माथि कटकुवा जंगलमा गाई भिरबाट खसालिएको भेटिएको थियो। ट्रकबाट खसाल्दा जंगलमा २४ वटा गाईगोरु मृत भेटिएका थिए भने १४४ वटा  गाईगोरू जिउँदै फेला परेका थिए।

जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी ती गाई पठाइएको थियो।  सुर्खेत जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १४२ वटा गाई नेपालगञ्ज पठाइसकेको जानकारी दिए।

उनले घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाइने बताए। 

गृह मन्त्रालयको विज्ञप्ति:

प्रकाशित मिति: १७:०१ बजे, शनिबार, भदौ १४, २०७६