Kathmandu Press

कांग्रेस प्रदेश २ अधिवेशनमा दुई पक्षबीच झडप

धनुषा, पुस ७ : जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच झडप भएको छ।सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच...
कांग्रेस प्रदेश २ अधिवेशनमा दुई पक्षबीच झडप

धनुषा, पुस ७ : जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच झडप भएको छ।

सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच झडप भएको हो। परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अधिवेशनस्थलमा लाठीचार्जसमेत गरेका छन्।

निर्वाचन समितिले दुवै पक्षका प्रतिनिधि राखेर मतदानबारे छलफल गर्दा कृष्ण यादव पक्षले औ राति मतदान हुनुपर्ने अडान राखे भने रामसरोज यादव पक्षले भोलि (बिहीबार) मतदान गराउनुपर्ने अडान लिए।

यसै मतभेदका कारण अधिवेशन स्थलमा दुई पक्षका समर्थकबीच झडप भएको हो। दुई पक्षबीचको विवादका कारण मतदान नै अन्योलमा परेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्