Kathmandu Press

न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडौं, पुस ७ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (बुधबार) का लागि बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ।न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर...
न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडौं, पुस ७ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (बुधबार) का लागि बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ।

न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले विज्ञप्ति प्रकाशित गरेर लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यकाबाहिर रहेको कारण बैठक स्थगित भएको जानकारी गराएका छन्।

प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय सेवा आयोगमा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहने व्यवस्था छ।

प्रधानन्यायाधीश जबराले आज दिउँसो ३ बजे बैठक बोलाएका थिए। आजको बैठकमा न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवाबढुवा लगायतको काम रोकिएको विषयमा छलफल हुँदै थियो। 

प्रकाशित मिति: १६:११ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्