Kathmandu Press

निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी तीन दिने कार्यशाला सुरु 

निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी तीन दिने कार्यशाला सुरु 

काठमाडौं, पुस ७ : निर्वाचन संचालन र व्यवस्थापन सम्बन्धि तीन दिने कार्यशाला आजदेखि सुरु भएको छ। कार्यशालाको बुधबार दिउँसो धुलिखेलमा उद्घाटन सम्पन्न भएको हो। 

कार्यशालामा विभिन्न सञ्चारगृहमा कार्यरत महिला पत्रकारहरुलाई  निर्वाचन सञ्चालन र व्यवस्थापनबारे जानकारी गराउँदै त्यससँग सम्बन्धित समाचार संकलनबारे प्रशिक्षण दिइनेछ। 

निर्वाचन आयोगको व्यवस्थापनमा सम्पन्न हुने कार्यशालामा लैंगिकता तथा समावेशीता, निर्वाचनमा सामाजिक संजाल एवम् आमसञ्चारको भूमीका, चुनौती र अवसर, तथा असहज अवस्थाका बिच निर्वाचनको रिपोर्टिङ आदिबारे प्रशिक्षण दिइनेछ। 

कार्यशालाको उद्घाटन समारोहमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले समग्र निर्वाचन विधि र प्रक्रिया बारे आम जनमानसमा चेतना दिने माध्यम मिडिया भएका कारण सत्य, तथ्य र निष्पक्ष सुचना प्रकाशन, प्रसारण गर्नु मिडियाको दायित्व हुन आउने बताए। 

उनले चुनावको समयमा मात्र नभई अन्य समयमा पनि निर्वाचन आयोगसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दै नागरिकहरुमा सूचना प्रवाह गर्न जोड दिए। 

कार्यशाला ७ देखि ९ गतेसम्म हुनेछ। 

प्रकाशित मिति: १६:०६ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्