डेंगुबाट संक्रमित बिरामीको उपचार खर्च सरकारले व्यहोर्छ: मन्त्री यादव
काठमाडौं, भदौ १४ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुबाट संक्रमण भएका बिरामीहरुलाई सरकारले निःशुल्क उपचार गर्ने बताएक....

काठमाडौं, भदौ १४ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुबाट संक्रमण भएका बिरामीहरुलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले भने,‘डेंगुको उपचारका लागि सरकार पूर्व तयारीमा छ। कुनैपनि बिरामीलाई एक रुपैयाँ पनि उपचारका लागि पैसा लाग्दैन। कसैको पनि उपचार नपाएरै मृत्यु हुँदैन।’
राज्यमन्त्री यादवले पछिल्लो समय मुलुकमा डेंगुको समस्या विकराल भएको बताए। आफूहरुले यसबाट बच्नका लागि अभियान नै चलाएको पनि उनको भनाइ छ।
उनले भने,‘डेंगुको उपचारका लागि सरकारले प्रत्येक प्रदेशलाई ८० लाख रुपैयाँ र गाउँपालिकाहरुलाई दश लाख दिएका छौं।’ डेंगु नियन्त्रणका लागि नेपाली सेना प्रयोग गर्ने कुरा नभएको पनि मन्त्री यादवले स्पष्ट पारे।
फरक प्रसँगमा मन्त्री यादवले मुलुकमा संघीयता कार्यान्वयनको चरणमा रहेपनि अहिलेसम्म तीन चरणका सरकारबीच कुनै सहकार्य नदेखिएको बताए। उनले भने,‘अहिले तीन तहबीच जसरी सहकार्य हुनुपर्दथ्यो, त्यो भएको देखिएन।’











-1784808429.png)