Kathmandu Press

विष्णुमायाकाे हत्या आरोपमा पति पक्राउ

विष्णुमायाकाे हत्या आरोपमा पति पक्राउ

विराटनगर, पुस ७ : पत्नी हत्याको आरोपमा संखुवासभाको पाचखपन नगरपालिका–३ का दिपन राई पक्राउ परेका छन्।

गत सोमबार राति मध्यरातमा राईले २९ वर्षीया विष्णुमाया राईलाई हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्। विष्णुमाया मृत भेटिएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय वानाबाट गएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

Hardik ivf

प्रारम्भिक अनुसन्धानबाट मृतक विष्णुमायाको शरीरमा केही चोटपटक देखिएको र पतिले हत्या गरेको भन्ने तथ्य फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

विष्णुमायाको शव पोस्टमार्टमका लागि बिपी प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। विष्णुमायाको आत्महत्या तथा भवितव्यबाट मृत्यु नभई कर्तव्यबाट हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ।

पति दिपनले आफैंले हत्या गरेको साबिती बयान दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, पुस ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्