चन्द्र भण्डारीले भने- केपी ओलीको फिल्म फ्लप भइसक्यो
काठमाडौं, भदौ १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली अभिनित फिल्म फ्ल....
काठमाडौं, भदौ १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली अभिनित फिल्म फ्लप भइसकेको टिप्पणी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘अभियन राम्रै थियो तर अहिले दुई तिहाई बहुमतपछि प्रधानमन्त्री भएपछि ओलीजीको फिल्म फ्लप भयो।’ उनले पछिल्लो समय मुलुकमा द्वन्द्व फैलाउने षड्यन्त्र भइरहेको बताए।
अहिले मुलुकको प्रणालीमाथि नै औंला ठड्याउने षड्यन्त्र भैरहेको भन्दै उनले भने,‘हामीले हाम्रो देशको क्षमता आँकलन गर्न सकेनौं। ९–१० खर्बको राजश्व उठ्छ, तर देशका तलदेखि माथिल्लो तहका सबै कर्मचारीको तलबमा देशको बजेट खर्च हुन्छ।’
विगतमा देशमा एउटा राजामात्रै भएको तर अहिले आएर सयौं राजा, सयौं युवराज र सयौं युवराज्ञीहरु बन्न थालेको पनि उनको आरोप छ। उनले भने,‘हाम्रा नेता तथा मन्त्रीहरुलाई फरक कुर्सी चाहिन्छ। नेताहरुलाई खोकी लाग्यो भने उपचारका लागि विदेश जानु पर्छ।’
नेता भण्डारीले व्यक्ति असफल भएपनि व्यवस्था कहिल्यैपनि असफल नहुने तर्क गरे। उनले भने,‘हाम्रा थुप्रै कमीकमजोरीहरु छन्। यस्तो पाराले त जुनसुकै बेला दुर्घटना हुनसक्छ।’






