सडक दुर्घटनामा युवकको मृत्यु
काठमाडाैं, पुस ७ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-४ मा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा कमल गाँउपालिका-५ का २१...
काठमाडाैं, पुस ७ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-४ मा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कमल गाँउपालिका-५ का २१ वर्षीय निर्मल खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी अनुसार गएराति बा३ख ८६२७ नम्बरको सवारी साधनबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइएको र उपचारका क्रममा राति नै मृत्यु भएको थियो।
प्रहरीले सवारी चालक धनकुटा नगरपालिका-१० का २७ वर्षीय प्रेम कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १२:५७ बजे, बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


