Kathmandu Press

बाजुरा जिल्ला अस्पतालमा पिसीआर मेसिन सञ्चालन

मार्तडी, पुस ७ : बाजुरा जिल्ला अस्पताल, मार्तडीमा कोरोना भाइरस जाँचका लागि पिसीआर मेसिन सञ्चालनमा आएको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखि सो...
बाजुरा जिल्ला अस्पतालमा पिसीआर मेसिन सञ्चालन
Hardik ivf

मार्तडी, पुस ७ : बाजुरा जिल्ला अस्पताल, मार्तडीमा कोरोना भाइरस जाँचका लागि पिसीआर मेसिन सञ्चालनमा आएको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखि सो मेसिन सञ्चालनमा ल्याइएको हो । 

जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीका अनुसार लामो समयको प्रयासपछि पिसीआर ल्याब सञ्चालन गर्न सकिएको हो । कोरोना परीक्षणका लागि जिल्लामा पिसीआर मेसिन नहुँदा धनगढी, डोटी र डडेल्धुरा जानुपर्ने बाध्यता थियो । जिल्लामै पिसीआर मेसिन सञ्चालनमा आएपछि ७७ जनाको स्वाब परीक्षण गरिएको जोशीले बताए। जिल्लामा जाँच गराउँदा हालसम्म ६ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

‘पिसीआर ल्याब सेवा सञ्चालन हुँदा एन्टिजेन जाँच र स्वाब सङ्कलन गरी जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ’, उनले भने। पिसीआर ल्याब सञ्चालनका लागि सङ्घीय र प्रदेश सरकारले सहयोग गरेको हो। जिल्ला अस्पतालले प्रदेश सरकारको सहयोगमा एम्बुलेन्स र शव वाहनसमेत खरिद गरेको छ।  

प्रकाशित मिति: १०:५६ बजे, बुधबार, पुस ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्