काठमाडौंसँग जोडियो रोल्पाको थवाङ
रोल्पा, पुस ७ : रोल्पाको थवाङ सिधैँ काठमाडौंसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमार्डौंसँग जोडिएको हो । बस सेवामार्फत...
रोल्पा, पुस ७ : रोल्पाको थवाङ सिधैँ काठमाडौंसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमार्डौंसँग जोडिएको हो ।
बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात्रिबस सेवा सुरु भएको छ।
हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौं जाने गरेका थिए । थवाङ–लिवाङ र लिवाङ–काठमाडाँैको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौँ बस सेवा सुरु भएसँगै राहत मिलेको छ।
प्रकाशित मिति: १०:५१ बजे, बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












