महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ
कर्णाली, पुस ७ : महिलालाई दुव्र्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक...
कर्णाली, पुस ७ : महिलालाई दुव्र्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् । लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए।
‘पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन’, उनले भने। ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती आएकी थिइन् । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


