न्याय सेवा आयोगको बैठक बुधबार
काठमाडाैं, पुस ६ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बुधबारका लागि बोलाएका छन्। आयोगको बुधबार अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला...
काठमाडाैं, पुस ६ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बुधबारका लागि बोलाएका छन्। आयोगको बुधबार अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ। 'न्याय सेवा आयोगको भोलि ३ बजे बैठक बोलाइएको छ,' न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भने, 'जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको हो।'
आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ।
प्रकाशित मिति: २०:२१ बजे, मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












