कांग्रेस प्रदेश नं २ अधिवेशनमा देउवा प्यानलबाट को-को उम्मेदवार ?
काठमाडौं, पुस ६ : बुधबार हुने नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनका लागि सभापति शेरबहादुर देउवा समूहले उम्मेदवारी टुंगाएको छ ।देउवा प्यानलबाट सभापतिमा...
काठमाडौं, पुस ६ : बुधबार हुने नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनका लागि सभापति शेरबहादुर देउवा समूहले उम्मेदवारी टुंगाएको छ ।
देउवा प्यानलबाट सभापतिमा कृष्ण यादवले उम्मेदवारी दिएका छन् । यादव हाल पार्टीको रौतहट जिल्ला सभापति समेत हुन् ।
यस्तै उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह, महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठ रहेका छन् । यस्तै सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र महिला सहमहामन्त्रीमा रिता यादव रहेका छन् ।
प्रकाशित मिति: १९:०४ बजे, मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












