बुधबार ललितपुर महानगरले कोरोना संक्रमितलाई राहत रकम दिने
काठमाडौं, पुस ६ : ललितपुर महानगरपालिकाले बुधबार कोरोना संक्रमित विरामीहरूलाई उपचारका लागि राहत रकम दिने भएको छ।महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै पहिलो चरणको...
काठमाडौं, पुस ६ : ललितपुर महानगरपालिकाले बुधबार कोरोना संक्रमित विरामीहरूलाई उपचारका लागि राहत रकम दिने भएको छ।
महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै पहिलो चरणको राहत रकम प्रदान गर्ने बताएको हो । महानगरपालिकाले ‘कोरोना संक्रमित विरामीहरूलाई प्रदान गरिने उपचार तथा राहत सहयोग निर्देशिका,२०७८’ बमोजिम राहत प्रदान गर्ने जनाएको छ।
सूचनाअनुसार बिहान ११ बजेदेखि ३ बजेसम्म वितरण हुनेछ । राहत रकमका लागि संक्रमित विरामीहरूले परिचय खुल्ने कागजातपत्र बुझाउनुपर्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


