Kathmandu Press

माछा पोखरीमा डुवेर एक जनाकाे मृत्यु

माछा पोखरीमा डुवेर एक जनाकाे मृत्यु

राजविराज, पुस ६ : माछालाई दाना खुवाउन पोखरी पसेका एक व्यक्तिको आज डुबेर मृत्यु भएको छ।

मृत्यू हुनेमा सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ ईटहर्वाका ५२ वर्षीय बाबुनन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आफ्नै माछापोखरीमा दाना हाल्न पोखरी गएका चौधरी घर नफर्केपछि आफन्तजनले खोज्ने क्रममा उनको शव पोखरीमा फेला पारेको प्रहरी नायव  उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित मिति: १८:२५ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्