देउवालाई भेटेर पर्यटनमन्त्री भट्टराईले सुनाए आफ्ना योजना
काठमाडौं, भदौ १४ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भे....
काठमाडौं, भदौ १४ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
शनिबार बिहानै बुढानीलकण्ठ पुगेर पर्यटनमन्त्री भट्टराईले सभापति देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरिरहेका कामकारबाहीबारे जानकारी गराएका हुन्।
भेटमा पर्यटनमन्त्री भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० बारेमा देउवालाई जानकारी गराएका थिए।
मन्त्रालयका काम र भ्रमण वर्ष २०२० बारे देउवाले चासो राख्दै केही महत्वपूर्ण सुझाव पनि दिएको मन्त्री भट्टराईले जानकारी दिए।
फेसबुकमा मन्त्री भट्टराईले स्ट्याटस लेख्दै भनेका छन्,‘ मन्त्रालयका काम र भ्रमण वर्ष २०२० बारे उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ। त्यसका लागी म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’






