Kathmandu Press

न्यूनस्तरका खाद्य सामग्री बिक्री गरेकामा मुद्दा

काठमाडौं, पुस ६ : खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले चालू आवको प्रथम त्रैमासिक अवधिमा न्यूनस्तर तथा दूषित उत्पादनका साथै बिक्रीवितरण गरेको कसूरमा २७ थान...
न्यूनस्तरका खाद्य सामग्री बिक्री गरेकामा मुद्दा

काठमाडौं, पुस ६ : खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले चालू आवको प्रथम त्रैमासिक अवधिमा न्यूनस्तर तथा दूषित उत्पादनका साथै बिक्रीवितरण गरेको कसूरमा २७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको छ ।

विभागले नियमानुसार दायर गरेका मुद्दामध्ये दूध तथा दुग्ध पदार्थका नौ वटा, मसला पदार्थका पाँच, खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ पाँच, प्रशोधित पिउने पानीका तीन, चियाका दुई, सोयाससको एक, तेलको एक र दानाको एक छन् । 

Hardik ivf

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार मुद्दामध्ये दूषितसम्बन्धी ११, न्यून गुणस्तरका नौ, खाद्य ऐन नियम निर्देशिका उलङ्घनसम्बन्धी एक, लेवल लगायतका विवरण नमिलेका छवटा मुद्दा दर्ता भएका छन्। 

खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर हुने व्यवस्था छ ।

यस प्रथम त्रैमासिक अवधिमा विभागले उत्पादन दर्ता १९ र नवीकरण ६७ वटा आहारपूरक खाद्यपदार्थ नियमन गरेको जनाएको छ । त्यसैगरी १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा १६ हजार ३१० नमूना सङ्कलन गरी जाँच विश्लेषणका साथै नियमन गरेको जनाइएको छ।

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, पुस ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्