Kathmandu Press

गाउँ कमिटीमा झुक्याएर राखेको भन्दै पाँच जनाले छोडे विप्लवको पार्टी

धादिङ, भदाै १४ :  आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले आत्मसमर्पण गरेका छन्।

....
गाउँ कमिटीमा झुक्याएर राखेको भन्दै पाँच जनाले छोडे विप्लवको पार्टी
फाइल

धादिङ, भदाै १४ :  आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले आत्मसमर्पण गरेका छन्।

गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको र आफूहरुलाई कुनै जानाकारीसमेत नभएकाले जिल्ला प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गरेका हुन्।

आत्मसमर्पण गर्नेमा गल्छी गाउँपालिका–३ मुलाबारीका ५३ वर्षीय ध्रुवप्रसाद खनाल, ४२ वर्षीय श्यामबहादुर बयलकोटी, छाँगेटारका ३३ वर्षीय विष्णुप्रसाद खतिवडा, २६ वर्षीय केशवराज खतिवडा र ३८ वर्षीय दीपेन्द्रकुमार श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

सो समूह छाडेर आफूहरु स्वतन्त्र हुने र गाउँको विकासमा लाग्ने बताएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: १३:२१ बजे, शनिबार, भदौ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्