Kathmandu Press

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध वनस्पति बरामद

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध वनस्पति बरामद

किमाथाङ्का, पुस ६ : सङ्खुवासभाको मकालु गाउँपालिका–३ उत्तर दक्षिण कोशी राजमार्गबाट प्रहरीले अवैध वनस्पति बरामद गरेको छ।  

इलाका प्रहरी कार्यालय हेदाङ्नाले भोटखोला गाउँपालिकाको च्याम्ताङबाट खाँदबारीतर्फ ल्याउँदै गरेको ना ७ त ५६२१ नम्बरको ट्र्याक्टरसहित अवैध वनस्पति धुपी र पाखनबेद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको मकालु–३ बाट प्रहरीले अवैध वनस्पति आठ बोरा धुपी, तीन बोरा पाखनबेद बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले बताए। प्रहरीले ट्र्याक्टर चालक खाँदबारी– ३ का अनिल दर्जीलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाएको प्रहरी निरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्