पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपिएको छ: गर्भनर नेपाल
काठमाडौं, भदौ १४ : नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौती थपेक....

काठमाडौं, भदौ १४ : नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौती थपेकाले संवेदनशील हुन आग्रह गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औं वार्षिक साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सूचनाले भ्रम सिर्जना गराउने काम भइरहेको बताएका हुन्।
सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सञ्चार क्षेत्रको सही भूमिका नै छायाँमा पर्ने भन्दै उनले त्यसतर्फ सबै सञ्चारकर्मी र सञ्चारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे।
उनले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतीपूर्ण रहेको बताए। उनले समाजिक सरोकार तथा हित हुने र सरकारको नीतिमा परिर्वतन आउने खालका समाचारलाई पत्रकारले प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा सेजनका पूर्व अध्यक्ष प्रतिक प्रधानले आर्थिक पत्रकारिता बलियो भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिकालाई नियन्त्रणमा लिएको अवस्थामा जनताको हितका लागि लड्ने संस्थाको रुपमा रहेको पत्रकारको भूमिका भने अपेक्षित बलियो हुन नसकेको बताए।
अधिवेशनले आगामी दुई वर्षका लागि सेजनको नयाँ नेतृत्व चयन गर्नेछ।











-1784808429.png)