Kathmandu Press

तानसेन नगरपालिकाको राजस्व पाँच करोड बढी

पाल्पा, पुस ६ : तानसेन नगरपालिकाले आव २०७७/०७८ मा पाँच करोड ७६ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । कोभिड– १९ को सङ्क्रमण...
तानसेन नगरपालिकाको राजस्व पाँच करोड बढी

पाल्पा, पुस ६ : तानसेन नगरपालिकाले आव २०७७/०७८ मा पाँच करोड ७६ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । कोभिड– १९ को सङ्क्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३/७४ मा रु दुई करोड ६८ लाख ८५ हजार सङ्कलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख मधुसुदन घर्तीले बताए। 

शाखा प्रमुख घर्तीका अनुसार पछिल्ला वर्ष नौ करोड पु¥याउने लक्ष्य रहे पनि कोरोनाले राजस्व सङ्कलनमा प्रभावित भएको हो । नगरपालिकामा जनप्रतिनिधि आएपछि झण्डै ठूलो मात्रामा राजस्वमा वृद्धि भएको हो। नगरपालिकाले १८ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । राजस्व सङ्कलन गर्न सचेतना अभियान नै सञ्चालन गरिएका थियो। 

Hardik ivf

नगरपालिकाले सम्पत्ति, भूमि, घरबहाल, बहाल विटौरी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने, अन्य मनोरञ्जन, व्यवसाय कर, सरकारी सम्पत्तिको बहालबाट प्राप्त रकम, अन्य बिक्रीबाट प्राप्त रकमबाट राजस्व प्राप्ति हुँदै आएको छ। 

त्यसैगरी अन्य सेवा शुल्क, न्यायिक दस्तुर, अन्य प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस दस्तुर, अन्य दस्तुर, प्रशासनिक दण्ड, जरिवान र जफत गरी राजश्व प्राप्ति हुन्छ । नगरपालिकाले आन्तरिकरुपमा रु चार करोड ४६ लाख ७७ हजार ६१५ राजस्व प्राप्ति भएको शाखा प्रमुख घर्तीले बताए । राजस्व बाँडफाँटबाट रु एक करोड २८ लाख ६६ हजार ४५७ प्राप्त गरेको थियो। आव २०७६/७५ मा रु पाँच करोड ७८ हजार राजस्व प्राप्ति भएको थियो। 

प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, पुस ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्