Kathmandu Press

विद्यालयमै १६ हजार बढीलाई कोरोना विरुद्धको खोप

कञ्चनपुर, पुस ६ : कोरोना महामारीबाट किशोर किशोरीलाई जोगाउनका लागि जिल्लाका सबै विद्यालयमै खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ। खोप कार्यक्रमअन्र्तगत स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर...
विद्यालयमै १६ हजार बढीलाई कोरोना विरुद्धको खोप

कञ्चनपुर, पुस ६ : कोरोना महामारीबाट किशोर किशोरीलाई जोगाउनका लागि जिल्लाका सबै विद्यालयमै खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ। 

खोप कार्यक्रमअन्र्तगत स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर १२ वर्ष देखि १७ वर्ष (२०६१ साल मङ्सिर देखि २०६६ साल मङ्सिरमा जन्मेका) उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन थालिएको हो ।

Hardik ivf

खोप लगाउन थालिएको दुई दिनको अबधिमै १६ हजारभन्दा बढीलाई खोपको पहिलो मात्रा लगाइएकोे स्वास्थ्य कार्यालयका अधिकृत जनक कुवँरले बताए। 

‘किशोर किशोरीलाई मोर्डना कम्पनीको कोरोना विरुद्धको पहिलो खोप लगाउन ६० हजार ३३३ मात्रा (डोज) उपलव्ध गराईएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीलाई विद्यालयमै खटाएर विद्यार्थीलाई खोप लगाउने कार्य द्रुतरुपमा अगाडी बढाएका छौं।’

खोप कार्यक्रमका लागि जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप उपलव्ध गराइएको छ भन्दै अधिकृत कुवँरले गत वर्ष गरिएको सर्भेक्षणमा १२ देखि १७ वर्षसम्मका किशोर किशोरीको संख्या ६५ हजार ५००छ  तर गत वर्षको तुलनामा खोप लगाउने किशोर किशोरीको संख्यामा केही बृद्धि भएको अनुमान गरिएको जानकारी दिए।

अपुग खोप मागका आधारमा तुरुन्तै उपलव्ध गराउने व्यवस्थासमेत गरिएको र खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि अनुगमनको कार्य समेत भैरहेको उनको भनाइ थियो । खोप लगाएकाहरूमा  हालसम्म कुनै नकारात्मक असर देखिएको छैन। विद्यालयमा अध्ययनरतबाहेक अन्यको हकमा स्वास्थ्य संस्थामा जन्मदर्ताको प्रमाणपत्र देखाई खोप लगाइने बताइएको छ। 

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, पुस ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्