Kathmandu Press

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ: मन्त्री आले

कैलाली, पुस ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा...
धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ: मन्त्री आले

कैलाली, पुस ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको काम अगाडि बढाइने बताएका छन्।

नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयले सोमबार धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले यो क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी दिए। यसमा प्रदेश सरकारको पनि साझेदारी होस् भन्ने चाहेको उनको भनाइ थियो।

Hardik ivf

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायअन्तर्गतको नाथमबाट सुदूरपश्चिम प्रदेशमा सरकारी कलेज सञ्चालन गर्न गइरहेको उनले बताए। मन्त्री आलेले उक्त सरकारी कलेज सञ्चालन गर्ने कार्य आफ्नो कार्यकालभित्र सुरु हुने गरी काम अगाडि बढाएको र तत्काकै सर्भेका लागि केन्द्रबाट टोली आइरहेको जानकारी दिए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले प्रदेश सरकारले कार्यालय स्थापना गर्नका लागि अनौपचारिक, औपचारिक सहयोग गरिसकेको र अझै कार्यालय थप विस्तार गर्नका लागि गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए।

 

प्रकाशित मिति: ०७:५९ बजे, मंगलबार, पुस ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्