अष्ट्रेलियामा देखाइदै ऋषिको ‘चुरीफुरी’
काठमाडौं, पुस ६ : ‘चुरीफुरी’ फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार महंगो रकममा बिक्री भएको छ।पुस ९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको हाँस्य प्रदान समाजिक...
काठमाडौं, पुस ६ : ‘चुरीफुरी’ फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार महंगो रकममा बिक्री भएको छ।
पुस ९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको हाँस्य प्रदान समाजिक फिल्म ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको हो। अष्ट्रेलियामा बिक्रीका लागि सम्झौता भएको निर्माता तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिए।
यो फिल्ममा रबिन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे) लगायतका कलाकारको अभिनय रहेको त। त्यस्तै, अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसीप्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य नयाँ कलाकार पनि यसमा छन्।
निर्देशक आचार्यकै लेखन रहेको फिल्म राहुल राईले खिचेका हुन भने नवीन निरौलाको सम्पादन छ। दीपक शर्माको संगीत रहेको फिल्मको गीतको कोरियोग्राफी भीमफेदी गाइजले गरेको हो।
निर्देशक आचार्यसँगै रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी छन्।









-1788430255.png)

![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)