अलफ्टको फुड फेस्टिभल फ्लेभर्स अफ कस्मिर सम्पन्न

काठमाडौं, पुस ५ : अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै फ्लेभर्स अफ कस्मिर (कस्मिरको स्वाद) फुड फेस्टिभल सम्पन्न भएको छ ।
भारतिय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै फुड फेस्टिभल गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए । फेस्टिभलको अवधिभर कास्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतीको मिश्रण सहित उपलब्ध थिए ।
शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध भएको फेस्टिभल अलफ्ट अल डे डाइनिङ नुक मा सन्चालन भएको थियो । विश्वका विभिन्न फुड फेस्टिभल लगायत ठूला ठूला राज्य सभाहरूको लागि मेनु तयार गर्नको लागि सेफ राइना चर्चित छन् ।
उनैको यो अनुभवलाई लिएर काठमाडौंमा गरिने फ्लेभर्स अफ कस्मिर आयोजना गरिएको थियो । दस दिन सम्म चलेर आइतबार साँझ सम्पन फेस्टिभलको उद्घाटन नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका थिए ।












