गैंडाको खाग सहित ६ जना पक्राउ
काठमाडौं, पुस ५ : संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो देखिने १ किलो १० ग्राम तौल भएको वस्तु सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ...
काठमाडौं, पुस ५ : संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो देखिने १ किलो १० ग्राम तौल भएको वस्तु सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे बेदान गाउँपालिका ४ बस्ने ४१ वर्षीय वीरमान तमाङ, काभ्रे पाँचखाल नगरपालिका ६ बस्ने ४२ वर्षीय बेद बहादुर दनुवार, पाँचखाल नगरपालिका ३ घर भई सोही नगरपालिका ४ बस्ने ३१ वर्षीय सोहन कार्की, पाँचखाल बस्ने २० वर्षीय नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुली घर भएका ४१ वर्षीय भिम बहुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका ५ घर भएका ३२ वर्षीय भिम तमाङ रहेका छन् ।
गैंडाको खाग अवैध रुपमा बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बौद्धबाट उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धानका लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।









-1788430255.png)

![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)