पूर्व खेलकूदमन्त्री गणेश नेपालीको निधन
महोत्तरी, भदाै १४ : पूर्व युवा तथा खेलकूदमन्त्री गणेश तिवारी नेपालीको निधन भएको छ। जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा गएराति ७६ वर्षको उम....

महोत्तरी, भदाै १४ : पूर्व युवा तथा खेलकूदमन्त्री गणेश तिवारी नेपालीको निधन भएको छ। जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा गएराति ७६ वर्षको उमेरमा निधन नेपालीको निधन भएको हो।
विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उनी तत्कालीन प्रधानमन्त्री माधव नेपालको नेतृत्वको सरकारमा युवा तथा खेलकूदमन्त्री रहेका थिए। पाँच वर्षदेखि पक्षघात तथा विगत एक वर्षदेखि अर्बुद रोगबाट ग्रसित रहेका पूर्वमन्त्री नेपालीको मृत्युले समग्र जिल्ला शोकमग्न बनेको छ।
विसं १९९९ मा जन्मिएका मन्त्री नेपालीले २०२७ सालमा राजनीतिमा प्रवेश गरेका थिए। विसं २०४४ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति भई २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जिल्लाको मुख्य कमाण्डर नै भएर काम गरेका थिए। विसं २०५२ मा कांग्रेस छाडेर एमाले र २०६४ सालमा तमलोपा प्रवेश गरेका थिए। अहिले उनी राष्ट्रिय जनता पार्टी नेपालमा आबद्ध थिए।











-1784808429.png)