Kathmandu Press

सेनाले गैरसैनिकको सहभागितामा फोटो प्रतियोगिता गर्दै

काठमाडौं, पुस ५ : नेपाली सेनाले गैरसैनिक व्यक्तिसमेत सहभागिता गराएर फोटो प्रतियोगिता सञ्चालन गर्ने भएको छ। सङ्गठनका विविध गतिविधिलाई तस्वीरका माध्यमद्वारा अभिलेख गर्न सेनाले...
सेनाले गैरसैनिकको सहभागितामा फोटो प्रतियोगिता गर्दै

काठमाडौं, पुस ५ : नेपाली सेनाले गैरसैनिक व्यक्तिसमेत सहभागिता गराएर फोटो प्रतियोगिता सञ्चालन गर्ने भएको छ। सङ्गठनका विविध गतिविधिलाई तस्वीरका माध्यमद्वारा अभिलेख गर्न सेनाले आन्तरिक फोटो प्रतियोगित गर्दै आएकामा यस वर्षदेखि भने गैरसैनिकलाई समावेश गर्न लागेको हो।
 
प्रतियोगितामा भाग लिन चाहने गैरसैनिकले फोटो र विवरण आगामी माघ २१ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबपेजभित्र रहेको लिङ्क https://photo.nepalarmy.mil.np/ मा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

प्रतियोगितामा विस् २०७७ देखि २०७८ सम्म खिचिएका तस्विरलाई मात्र समावेश गरिने जानकारी दिइएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने तस्वीरलाई क्रमशः रु ५० हजार, ३५ हजार र २५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रकाशित मिति: १८:०३ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्