Kathmandu Press

वर्षा अझै केही दिन लम्बिने

काठमाडाैं, भदाै १४ : बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले शनिबार बिहानै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा....

वर्षा अझै केही दिन लम्बिने
फाइल

काठमाडाैं, भदाै १४ : बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले शनिबार बिहानै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। 

शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन्। “अहिले मनसुनको कुनै प्रभाव छैन”, मौसमविद् कँडेलले भनिन्। उनका अनुसार वर्षा अझै केही दिन लम्बिने छ तर लगातार भने हुने छैन। केही समय रोकिने घाम लाग्ने पुनः वर्षा हुने क्रम आगामी तीन दिनसम्म चलिरहने छ। 

हाल देशका धेरैजसो भू–भागमा सामान्य बदली भई पूर्व र मध्यका धेरै भू–भागमा र पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभरि सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानमा मेघ गर्जन-चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र पूर्व र मध्यका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आइतबार देशैभरि बदली रही पश्चिमका धेरैजसो स्थानमा र पूर्व तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। सोमबार देशभरि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानमा र पश्चिमका एक–दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रासस

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, भदौ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्