Kathmandu Press

बालिकाकाे शल्यक्रिया गर्न गुडियाको उपचार!

नयाँ दिल्ली, भदाै १३ : बालिकाको उपचार गर्न गुडियाको पनि शल्यक्रिया गरिएको छ। बालिकाले नमानेपछि पहिलो गुडिया र त्यसपछि बालिकाको शल्यक्रिया गरिएको ....

बालिकाकाे शल्यक्रिया गर्न गुडियाको उपचार!
अमर उजाला

नयाँ दिल्ली, भदाै १३ : बालिकाको उपचार गर्न गुडियाको पनि शल्यक्रिया गरिएको छ। बालिकाले नमानेपछि पहिलो गुडिया र त्यसपछि बालिकाको शल्यक्रिया गरिएको हो।

दिल्ली गेटस्थित घरमै पलङबाट खसेपछि ११ महिने जिक्रा मलिकको एउटा खुट्टाको हड्डी भाँचिएको थियो। उनलाई उपचारका लागि दिल्लीको लोक नायक अस्पताल लगिएको थियो। जब उलनाई लोक नायक अस्पतालको आर्थोपेडिक विभागमा पुर्‍यायो त्यसपछि समस्या भयो। अस्पताल पुर्‍‍याएपछि उनको बायाँ खुट्टाको हाड भाँचिएको थाहा भयो।

चिकित्सकहरूले ट्रेक्सन विधिबाट बालिकाको उपचार गर्ने निधो गरे। यो विधि दुई वर्षभन्दा कम उमेरका बालबालिकाको उपचारका लागि प्रयोग गरिन्छ। पन्ध्र किलोग्रामभन्दा कम तौल भएका बालबालिकाको खुट्टा वा कमरको हाड यताउता भएपछि यो विधिको उपयोग गरिन्छ। यसका लागि हाड यताउता भएको भागलाई तानेर राखिन्छ।

यसका लागि जिक्रालाई पनि सैय्यामा लगियो तर, उनी उपचार बसिनन्। स्वास्थ्यकर्मीले जति गर्दा पनि उनी चलिरहिन्। बल गर्दा बरु रुन थालिन्। त्यही बेला, जिक्राकी आमाले एउटा गुडियालाई पनि उनलाई जस्तै शैय्यामा राखिन्। जसरी उपचार गर्दा जिक्रालाई राखिएको थियो, त्यसरी नै गुडियालाई राखियो। गुडियाका पनि खुट्टा बाँधेर राखेपछि जिक्राले पनि त्यस्तै गर्नथालिन्। त्यसपछि उनको उपचार गर्न थालिएको छ।

अस्पतला विभागका अनुसार, उनी दुई हप्ता त्यही बस्नेछन्। एक हप्ता भएको छ भने अर्को एक हप्ता राखिने अस्पतालले जनाएको छ। गुडियालाई शैय्यामा राखेपछि उसले पनि उपचार गर्दा सहयोग गरिरहेको जिक्राका बुवा शहजादले बताए। घरमा पनि उनी गुडियासँगै बस्ने गरेको शहजादले बताए।

उपचारमा संलगन डा.अजय गुप्ताले गुडियालाई बालिकाको शैय्यामा देखेपछि चकित परेको बताए। ‘जिक्राको उपचार गर्दा रोइरहेकी थिइन्। उनलाई दुखाइ कम गर्ने औषधि दियौं, चकलेट दियौं तर केही गरि मानिन्,’ डा.गुप्ताले भने, ‘कुनै तरिकाले काम गरेन्, एक घण्टा उनले सहयोग गरिनन्। जब गुडिया राखियो त्यसपछि उपचार गर्न सहयोग भयो।’

 

प्रकाशित मिति: १७:४३ बजे, शुक्रबार, भदौ १३, २०७६