Kathmandu Press

सुनको मूल्य एक हजार रुपैयाँ घट्यो

काठमाडौं, भदौ १३ : लगातार बढिरहेको सुन शुक्रबार एकै दिन प्रतितोलामा एक हजार रुपैयाँ घटेको छ। बिहीबार ७३ हजार चार सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्....

सुनको मूल्य एक हजार रुपैयाँ घट्यो

काठमाडौं, भदौ १३ : लगातार बढिरहेको सुन शुक्रबार एकै दिन प्रतितोलामा एक हजार रुपैयाँ घटेको छ। बिहीबार ७३ हजार चार सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य शुक्रबार ७२ हजार चार सय रुपैयाँमा झरेको हो।

गत सोमबार इतिहासकै धेरै ७३ हजार पाँच सय रुपैयाँ पुगेको थियो। सुनको मूल्यमा लगातार उतार चढाव आइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक हजार  रुपैयाँले घटेको हो।

सुनको मूल्य अत्याधिक बढेसँगै तीजमा पनि सुनको कारोबार हुन सकेको छैन। महासंघका अनुसार आज सुनको मूल्य केही घटेपनि बृद्धिदर अझै बढ्दै जाने बताएको छ।

महासंघको तथ्यांकअनुसार दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो। भाउ बढेसँगै दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको महासंघको जनाएको छ।

मूल्य आकाशिएपछि सुनको खपत घट्दा बैंकहरुले ल्याएको ६ सय ३६ केजी सुन थन्किएको छ। १२ वटा वाणिज्य बैंकमा साढे २४ अर्ब रुपैयाँ बराबरको सुन थन्किएको हो। राष्ट्र बैंकबाट अनुमति पाएका वाणिज्य बैंकहरूमार्फत व्यवसायीहरुले सुन खरिद गर्ने गरेका छन्।

मूल्य बढेका कारण बजारमा सुन पठाउन नसक्दा बैंकहरूको लागत पनि बढेको छ। बजारमा सुनको माग घटेसँगै सुनचाँदी व्यवसायीहरु कच्चा सुन किन्न वाणिज्य बैंक जानै छोडेका छन्।

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, भदौ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्