सुर्खेतमा भेटिए मरेका २३ गाई, डेढ सयभन्दा बढी बेवारिसे
सुर्खेत, भदौ १३ : सुर्खेतको कटकुवा क्षेत्रमा २३ गाई मरेको अवस्थामा भेटिएका छन्। त्यस क्षेत्रमा ३० भन्दा बढी भाइत घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएक....

सुर्खेत, भदौ १३ : सुर्खेतको कटकुवा क्षेत्रमा २३ गाई मरेको अवस्थामा भेटिएका छन्। त्यस क्षेत्रमा ३० भन्दा बढी भाइत घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, सुर्खेत-दैलेख सडक खण्डको कटकुवा जंगल क्षेत्रमा गाई भेटिएका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाको कान्जीहाउसमा रहेका गाई दैलेखको शीरस्थान लग्ने क्रममा बाटोमै छोडिएको प्रहरीले जनाएको छ। कटुवा क्षेत्रमा एक सय ५० भन्दा बढी गाई रहेका छन्।
प्रहरीका अनुसार, आठ वटा ट्रकमा दैलेख लग्नका लागि नेपालगञ्जबाट ल्याइएको थियो। त्यसमध्ये चालक सहित पाँच ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसबारे अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मरेका गाईको पोस्टमार्टम गरिन लागेको छ।











-1784808429.png)