Kathmandu Press

नागरिकताजस्तै प्यान नम्बर अनिवार्य : अर्थमन्त्री खतिवडा

काठमाडौं, भदौ १३ : अर्थमन्त्री डा.युवराज खतिवडाले अनौपचरिक अर्थतन्त्रलाई औपचरिकता दिनका लागि प्यान अनिवार्य गरेको बताएका छन्।

नेपाल चेम्बर अ....

नागरिकताजस्तै प्यान नम्बर अनिवार्य : अर्थमन्त्री खतिवडा
काठमाडौं प्रेस

काठमाडौं, भदौ १३ : अर्थमन्त्री डा.युवराज खतिवडाले अनौपचरिक अर्थतन्त्रलाई औपचरिकता दिनका लागि प्यान अनिवार्य गरेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले ‘प्यान अनिवार्य’ भन्ने व्यवस्था नागरिकताजस्तै भएको जिकिर गरेका हुन्।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय परिचयपत्र बनेपछि प्यान अनिवार्य हुने समेत बताए।  पछिल्लो समय प्यानको दायरका आउनेक्रम बढेको बताउँदै नम्बर लिन सजिलो हुनेगरी काम गर्ने तयारी भएको उनको भनाइ थियो।

नागरिकता नभएको वा अल्पकालीन काम गर्नेलाई प्यान दिन परेको समस्या सहजीकरण गर्न सरकार तयार रहेको समेत बताए। ‘भ्याट फिर्ता हटाइएको विषयमा छलफल गर्न सकिदैन, भ्याट फिर्ताको विषय लुतोजस्तै भएले फालिएको हो,’ उनले भने।

ढुवानीका साधन एउटाको नाममा दर्ता हुने र अर्काले आफूखुसी चलाउने भइरहेको भन्दै मन्त्री खतिवडाले कुनै पनि व्यवसाय दर्ताबिना चल्न नसक्ने बताए। ढुवानी व्यवसाय पनि सार्वजनिक यातायात भएको भन्दै उनले दर्ता नगरी, कर नतिरी चलाउन नहुने जिकिर गरे।

चीनतर्फको व्यापारमा चाहेर पनि कारोबार मूल्य स्थापित गर्न नसकिएको उनको भनाइ थियो। उनले भारततर्फको व्यापार अनौपचारिक रूपमा पनि हुने गरेकाले समस्या रहेको औंल्याए।

अर्थमन्त्री खतिवडाले २२ प्रतिशतको राजस्व वृद्धिबाट आफू सन्तुष्ट भएको भन्दै व्यवसायमैत्री राजस्व प्रणाली चलाउन लागि परेको बताए।

प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, भदौ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्