कश्मीरमा फेरि प्रतिबन्ध, तस्बीरमा यस्ताे छ कश्मीर
काठमाडौं, भदौ १३ : कश्मीरमा फेरि आज प्रतिबन्ध लगाएको छ। शुक्रबार हुने प्राथनाका क्रममा प्रदर्शन हुनसक्ने आंकलन गरेर प्रतिबन्ध लगाएको भारतीय मिडियाले ज....
काठमाडौं, भदौ १३ : कश्मीरमा फेरि आज प्रतिबन्ध लगाएको छ। शुक्रबार हुने प्राथनाका क्रममा प्रदर्शन हुनसक्ने आंकलन गरेर प्रतिबन्ध लगाएको भारतीय मिडियाले जनाएको छ।
भारतीय मिडियाका अनुसार, जन्मु र कश्मी राज्यको राजधानी श्रीनगरसहित कश्मीर उपत्यकामा प्रतिबन्ध लगाएको हो। स्थानीय वासिन्दालाई समूहमा यताउता नगर्न सूचना जारी गरिएको छ।
त्यस्तै, कश्मीर उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीका ब्यारिकेड्स राखिएको छ। ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ।
आजै भारतीय सेनाका प्रमुख विपिन रावत कश्मीरको भ्रमणमा जाँदै छन्। त्यसलाई पनि ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
भारतले जम्मु र कश्मीरको विशेष अधिकार खोसेसँगै २६ दिनदेखि कश्मीरको जनजीवत प्रभावित भएको छ। आज फेरि प्रतिबन्ध लगाएपछि स्थिति असहज बनेको छ।
केही क्षेत्रका टेलिफोन लाइन संचालनमा आएका छन। इन्टरनेट भने अझै बन्दै रहेको छ। कश्मीरका पूर्वमुख्यमन्त्रीसहित नेता तथा कार्यकर्तालाई अझै पनि हिरासत र नरजबन्दमै राखिएको छ।
कश्मीरका वासिन्दाले विस्तारै विरोध प्रदर्शन गर्न थालेका छन्। कर्फ्यू हटाएको क्षेत्रमा स–साना प्रदर्शन भइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
भारतको द वायर डक आइएनमा प्रकाशित कश्मीरका केही तस्बीर यस्ता छन् :






