कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं, भदौ १३ : कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ।
केही बेरमा बस्न लागेको बैठकमा कांग्रेस भातृ संस्थाका विषयम....

काठमाडौं, भदौ १३ : कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ।
केही बेरमा बस्न लागेको बैठकमा कांग्रेस भातृ संस्थाका विषयमा छलफल हुने जनाएको छ। बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावका विषयमा छलफल हुने भएको छ।
बिहीबारको बैठकमा महामन्त्री खड्काले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति, समयवाधि सकिएका संस्थाबारे आवश्यक निर्णय गर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए।
त्यस्तै, आजको बैठकमा सहमहामन्त्री डा.प्रकाशशरण महतले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावका विषयमा पनि छलफल हुने जनाएको छ।
प्रकाशित मिति: ११:४९ बजे, शुक्रबार, भदौ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)