नयाँ पुस्ताले रुचाएका जीपीएक्सका चार बाइक
काठमाडौं, भदौ १३ : नयाँ पुस्ताको रोजाइमा जीपीएक्सका बाइक पर्न थालेका छन्। त्यसलाई ध्यानमा राखेर ओमेगा इन्टरप्राजेजले ‘नाडा अटो सो–२०१....
काठमाडौं, भदौ १३ : नयाँ पुस्ताको रोजाइमा जीपीएक्सका बाइक पर्न थालेका छन्। त्यसलाई ध्यानमा राखेर ओमेगा इन्टरप्राजेजले ‘नाडा अटो सो–२०१९’मा जीपीएक्सका बाइक प्रदर्शनीमा राखेको छ। यी बाइक झण्डै पाँच लाखको हाराहारीका छन्।
जीपीएक्सका चार बाइक यस्ता छन् :
रेजर २२०
जीपीएक्सको नेपालमा रहेको महङ्गो बाइक, रेजर २२० हो। यसको मूल्य चार लाख ९९ हजार सात सय रहेको छ।
२२३ सिसि इन्जिन क्षमताको यो बाइकमा एयर कुलिङ स्टिम रहेको छ। म्याक्स पावर २१.८ बीपीएच रहेको यस बाइकमा ११ लिटटर पेट्रोल अटाउन सक्ने कम्पनीले जनाएको छ।
लेजेन्ड जेन्टलम्यान २००
जीपीएक्सको अर्को ब्रान्डमा लेजेन्ड जेन्टलम्यान २०० हो। युवाको रोजाइमा रहेको यो बाइकको मूल्य चार लाख ७७ हजार रहेको छ।
१९७ सिसि इन्जिन क्षमता भएको यस बाइकमा १२ लिटरसम्म पेट्रोल अट्न सक्छ। यहि ब्रान्डको अर्को लेजेन्ड जेन्टलम्यानको मूल्य चार लाख ८३ हजार रहेको कम्पनीले जनाएको छ।
लेजेन्ड
रेजर र जेन्टलम्यानकै हाराहारीको अर्को बाइक हो, लेजेन्ड। यसको मूल्य चार लाख ६३ हजार रहेको छ।
१९७ सिसि इन्जीन क्षमता रहेको यो बाइक रातो, कालो र सुन्तल रंगमा उपलब्ध छ।
डाइमोन १५० जी एन
डाइमोनका अरु भन्दा सस्तो छ। यसको मूल्य तीन लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ। १४९ सिसि इन्जिन क्षमता भएको यो बाइकमा आठ लिटरसम्म पेट्रोल अटाउछ।






