Kathmandu Press

सुडान घोटालामा दोषी ठेकेदार शम्भु भारती पक्राउ

काठमाडौं, भदौ १३ : सुडानमा संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरीका लागि सामान खरिद गर्दा भएको घोटाला भएको थियो। त्यसमा दोषी ठहर गरिएका ठेकेदार शम्भ....

सुडान घोटालामा दोषी ठेकेदार शम्भु भारती पक्राउ
फाइल फोटो

काठमाडौं, भदौ १३ : सुडानमा संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरीका लागि सामान खरिद गर्दा भएको घोटाला भएको थियो। त्यसमा दोषी ठहर गरिएका ठेकेदार शम्भु भारती पक्राउ परेका छन्।

सुडान घोटालामा नेपाल प्रहरीका तीन जना पूर्वमहानिरीक्षक ओम विक्रम राणा, हेमबहादुर गुरङ र रमेशचन्द्र ठकुरी पनि दोषी ठहरिएका थिए।

त्यसमा सुडानमा खटिएको नेपाल प्रहरीको टोलीका लागि कमसल सामान खरिद गरेको, पुरानै सामानलाई नयाँ भनेर खरिद गरेको देखाएको पाइएको थियो।

त्यसमा २८ करोड ४० लाख भ्रष्ट्राचार भएको सर्वोच्च अदालतले ठहर गरेको थियो।

सुडान घोटालामा एस्युर्ड रिस्क कम्पनीका नेपाली एजेन्टका रुपमा भारतीले काम गरेका थिए। उनलाई पनि सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो।

त्यसमा भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरीवाना तोकेको थियो। तर, भारती फरार रहेका थिए।

कञ्चनपुर घर भएका भारती सुडान घोटालापछि लुकिछिपि भारतमा बस्दै आएका थिए।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। अहिले ललितपुरमा बस्दै आएका उनलाई निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:२७ बजे, शुक्रबार, भदौ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्