Kathmandu Press

हरित लेन सुनिश्चित गर भन्दै प्रदर्शन (फोटो फिचर)

काठमाडौं, भदौ १२ : रुख काटेर सडक विस्तार गर्ने सरकारको निर्णयविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ।

प्रदर्शनमा उत्रिएका युवा तथा....

हरित लेन सुनिश्चित गर भन्दै प्रदर्शन (फोटो फिचर)

काठमाडौं, भदौ १२ : रुख काटेर सडक विस्तार गर्ने सरकारको निर्णयविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ।

प्रदर्शनमा उत्रिएका युवा तथा अभियन्ताहरुले हरित लेन सुनिश्चित गर, जनकेन्द्रीत विकास हाम्रो माग, सडकमा समाजवाद खै त?, सडकमा समाजवाद लगायत नारा लेखिएका व्यानर बोकेका थिए।

सरकारले कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तार गर्ने घोषणा गरेको छ। कलंकी–बालाजुदेखि महाराजगञ्जसम्मको बाटो विस्तार गर्दा धेरै रुख काट्नु पर्ने हुन्छ। कलंकीदेखि महाराजगञ्जसम्मको ८ दशमलव २ किलोमिटरको दूरीमा सकड निर्माण गर्दा २० हजार १ सय ५७ रुख कटान हुने छन्। 

प्रकाशित मिति: २०:०९ बजे, बिहीबार, भदौ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्