सरकारको प्रयासले मात्रै डेंगु नियन्त्रण गर्न सकिन्नः उपप्रधानमन्त्री यादव
काठमाडौं, भदौ १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुविरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेको छ।
बिहीबार मन....

काठमाडौं, भदौ १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुविरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेको छ।
बिहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तर्क्रियामा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरे।
पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रण भन्दा पनि विस्तार हुने क्रममा रहेको र सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रण गर्न नसकिने भन्दै उनले जनचेतना अभिवृद्धि साथै आवश्यक सर्तकता अपनाउने सवालमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले दशैको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक सर्तकता अपनाउने तर्फ तयारी भइरहेको बताइन्। उनले डेंगुको बहुआयामिक लक्षण देखिने भएकाले विशेष पहिचान गरी मृत्युदर घटाउनेतर्फ उपचारलाई केन्द्रीत बनाउनुपर्ने बताइन्।
तीन तहका सरकारका आ–आफ्ना क्षेत्राधिकार रहेकाले यस सम्बन्धी जनचेतना अभिवृद्धिको साथै आवश्यक अनुगमनका लागि भने केही समस्या देखिएको उनले बताइन्।
मुलुकका ४२ जिल्लामा देखिएको डेंगुको संक्रमणबाट अहिलेसम्म १ हजार ५ सय ३७ जना विरामी परेको मन्त्रालयले जनाएको छ। पछिल्लो समय विश्वका आधाभन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, प्रत्येक बर्ष ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुका साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ।











-1784808429.png)