३१ सिडिओको सरुवा, काठमाडाैंमा जनकराज दाहाल (सूचीसहित)
काठमाडौं, भदौ १२ : गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।
गृह मन्त्रालयले बिहीबार काठमाडौं, ....
काठमाडौं, भदौ १२ : गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।
गृह मन्त्रालयले बिहीबार काठमाडौं, ललितपुर, मोरङ, बाँके लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो। काठमाडौं प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको स्थानमा झापाका प्रमुख जिल्ला अधिकारी रहेका जनकराज दाहाललाई सरुवा गरिएको छ।
यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी मकवानपुर सरुवा हुँदा उनको ठाउँमा धादिङका प्रमुख जिल्ला अधिकारी अगिरथ पाण्डेउ सरुवा भएका छन्।
यसैगरी, बाँकेको प्रमुख जिल्ला अधिकारीमा कुमार बहादुर खड्काको सरुवा भएको छ भने बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका मदन भुजेलको मोरङ सरुवा भएको छ। सुर्खेतमा बसन्त अधिकारीको सरुवा भएको छ भने सुर्खेतका प्रमुख जिल्ला अधिकारी रहेका फणिन्द्रमणि पोखरेलको बारा सरुवा भएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङको धादिङ सरुवा हुँदा काभ्रेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना झापा सरुवा भएका छन्।
हेर्नुस् सरूवाको सूची:








