Kathmandu Press

फागुन १३ देखि प्रदर्शनमा आउने ‘प्रेम गीत ३’काे हिन्दी संस्करण पनि बन्दै

काठमाडाैं, पुस १ : नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ फागुन १३ देखी नेपालभरका हलमा प्रदर्शन हुने भएको छ। सन्तोष सेनको लगानीमा निर्माण...
फागुन १३ देखि प्रदर्शनमा आउने ‘प्रेम गीत ३’काे हिन्दी संस्करण पनि बन्दै

काठमाडाैं, पुस १ : नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ फागुन १३ देखी नेपालभरका हलमा प्रदर्शन हुने भएको छ। सन्तोष सेनको लगानीमा निर्माण भएको चलचित्रमा छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको छ। 

नेपाली चलचित्रको बजार विस्तार गर्ने उद्देश्यले यो चलचित्र हिन्दी संस्करणमा पनि तयार पार्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ। यसक्रममा प्रेम गीत ३ हिन्दी संस्करणअन्तर्गतका सबै गीतको काम सकिएको जानकारी जनाइएको छ।

Hardik ivf

‘प्रेम गीत ३’ नेपाली र हिन्दी भाषामा तयार पारी विश्वभरी प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष रहेको छ। यस चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनीष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जीवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

प्रेम गीत ३ हिन्दी संस्करणसँगै अन्य भाषामा पनि प्रदर्शन गर्ने योजनामा निर्माण पक्ष रहेको छ। यो चलचत्रिको हिन्दी संस्करणको गीतहरुमा पाश्र्व गायनमा बलिउडका चर्चित गायक, म्युजिसियन तथा गीतकार आबद्ध छन्।

राहत फतेह अली खानले ये सनम तुही तु... बोलको गीतमा आवाज दिएका छन्। त्यस्तै अर्को गीत तुम प्यार होमार्फत अंकित तिवारी र पलक मुछालले आवाज दिएका छन्। त्यस्तै अर्को डान्स नम्बर मुझ्मे बस् जनामा देव नेगी र पलक मुछालले स्वर भरेका छन्।

यसमा चर्चित गीतकार कुमार र एम तुराजको लेखन रहेको छ। 

प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्