Kathmandu Press

नाचघरमा पुस ३ बाट ९ सम्म ‘एक चिहान’ मञ्चन हुँदै 

नाचघरमा पुस ३ बाट ९ सम्म ‘एक चिहान’ मञ्चन हुँदै 

काठमाडौं पुस १ : उपन्यास ‘एक चिहान’लाई यही पुस ३ बाट रंगमञ्चमा हेर्न पाईने भएको छ। उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको यो उपन्यासलाई नाटकमा रुपान्तरण गरिएको छ।

यसलाई रमेश बिजीले नाट्य रुपान्तरण गरेका हुन्। एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले यसलाई फेरि मञ्चन सुरु गर्दैछ। एक चिहानको मञ्चन पुस ३ देखि ९ सम्म हुँदैछ।

Hardik ivf

मूलतः विधार्थीहरुलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकका रुपमा मञ्चन गरिएको हो। यसलाई दैनिक बिहान ८ बजे बिहान ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो मञ्चन गरिने भएको छ। नाटक सात दिन नाचघरमा मञ्चन हुने भएको छ।

कक्षा १२ तथा स्नातकका विद्यार्थीका लागि सम्बन्धित स्कुल तथा कलेजले पूरा सो  किन्न सक्ने पनि नाचघरले जनाएको छ। यो उपन्यासलाई नाटकको रुपमा अग्रज नाट्यकर्मी वीरेन्द्र हमालले निर्देशन गर्दैछन्। यतिबेला नाचघरमा एक चिहानको नाट्य अभ्यास भइरहेको छ। 


 

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्