कलंकीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ
काठमाडौं, भदौ १२ : काठमाडौंको कलंकीस्थित एक होटलमा किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
कलंकीमा रहेको पशुपति गेस्टहाउसमा दैलेखकी १....

काठमाडौं, भदौ १२ : काठमाडौंको कलंकीस्थित एक होटलमा किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
कलंकीमा रहेको पशुपति गेस्टहाउसमा दैलेखकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। सामूहिक बलात्कारमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–१ का २३ वर्षीय रविन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय मदन थापा मगर रहेको कालिकाटी बृत्तका प्रहरी नायव उपरीक्षक रुगम कुँवरले जानकारी दिए।
उनका अनुसार उनीहरुले ती किशोरीलाई फकाएर गेष्ट हाउसमा लगेको र जबरस्ती करणी गरेका हुन्। पक्राउ परेका दुवैमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।











-1784808429.png)