‘मङ्गगो करका कारण मध्यम स्तरका जनताले गाडी किन्न सकेका छैनन्’
यस वर्षको नाडा अटो सो-२०१९ भदौ १० गतेदेखि सुरू भएको छ। यसमा विभिन्न ब्रान्डका गाडीसँगै अटोमोबाइल्सका सामान पनि प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा सर्वसाधारणको घुइचो ला....
यस वर्षको नाडा अटो सो-२०१९ भदौ १० गतेदेखि सुरू भएको छ। यसमा विभिन्न ब्रान्डका गाडीसँगै अटोमोबाइल्सका सामान पनि प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा सर्वसाधारणको घुइचो लागिरहेको छ। यसै विषयमा केन्द्रीत रहेर नाडा अटोमोवाईल्स एसोसिएसनका प्रवक्ता अनुप बरालसँग गरिएको संक्षिप्त कुराकानीः
यस वर्षको नाडा अटो सो कस्तो हुँदै छ?
नाडा अटो मोवाईल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरू भएको ‘नाडा अटो सो २०१९’मा सवारी तथा सवारी जन्य सामाग्रीको मेलामा दर्जनौ ब्रान्डका गाडीहरु प्रर्दशनीमा राखिएका छन्। दर्जनौ ब्रान्डले सहभागिता जनाएको प्रर्दशनीमा हाइब्रिड, इलेक्ट्रिक गाडी तथा डिजेल पेट्रोल इन्जिन गाडीहरु पनि सार्वजनिक गरिएका छन्।
प्रत्येक वर्षको नाडा अटोले उत्साह थपेर आउने गरेको छ। नेपालमा गरिने मेलामध्ये अटो सो सबैभन्दा ठूलो हो भने सबैभन्दा बढी अवलोकनकर्ता सहभागी हुने गरेका छन्।
साँघुरो स्थान भएपनि यस वर्ष व्यवस्थित गर्ने प्रयास गरेका छौं। सबै ब्रान्डका चारपांग्रे र दुईपांग्रेका ब्रान्डलाई सहभागिता जनाएएका छन्। अन्य विषयहरू पनि व्यवस्थित ढंगले सञ्चालन गरिएको छ।
विगतका वर्षहरुभन्दा यो वर्ष फरक के छ?
नाडा अटो सोले धेरै वर्षदेखि उपभोक्ता र बिक्रेतालाई एकै ठाउँमा जोड्दै आएको छ। विगतका वर्षहरुकै निरन्तरता हो, नाडा अटो सो। यस वर्ष हामीले धेरै कम्पनीहरू सहभागि गराउन सफल भएका छौं।
नयाँ–नयाँ सवारीको सार्वजनिकिकरणलाई बढी जोड दिएका छौं। गतवर्ष बैंकहरुनै सहभागि भएका थिएनन्। यसवर्ष १२ वटा बाणिज्य बैंक अफरसहित अटो सोमा सहभागी छन्। जसले उपभोक्ता जोड्ने काम गरेको छ।
नाडा अटो सोमा यसवर्ष कतिले अवलोकन गर्छन भन्ने अनुमान छ?
यसवर्ष कम्तीमा ७५ हजारलाई अवलोकन गराउने लक्ष्य रहेको छ। पहिलो दिननै उत्साहजनक सहभागिताले लक्ष्यभन्दा बढी पुग्ने देखिएको छ। पहिलो दिन १० हजारले अवलोकन गरेका छन्।
अवलोकनकर्ताको आर्कषण के मा देखिएको छ?
सबै स्टालहरुमा अवलोकनकर्ताको घुँइचोनै रहेको छ। गाडी आयातकर्ताले इलेक्ट्रिक गाडीमा केन्द्रीत गरेकाले पनि यस वर्ष बढी इलेक्ट्रिक गाडीमा अवलोकनकर्ताले चासो दिएका छन्। त्यस्तै गरी हाइब्रिड गाडीमा, मोटरसाइकलमा पनि अवलोकनकर्ताको त्यतिकै भिड रहेको छ।
गाडी बिक्रीदर गतवर्ष घटेको छ, नाडा अटो सोले बजार उकास्ला?
गत वर्ष गाडी बिक्रीदर नेपालमा मात्रै नभएर भारतमा पनि घटेको छ। भारतमा अन्यकारण भएपनि नेपालमा भने कर र पूर्वाधारकै मुख्य कारण गाडी बिक्रीमा असर परेको हो।
मङ्गगो करका कारण मध्यम स्तरका जनताको पहुँचमा सवारी रहेको छैन। उनीहरूले गाडी खरिद गर्न सकिराखेका छैनन्। जसका कारण पनि अटो बजार उकालो लाग्न सकेको छैन।






