कश्मीरका लागि अक्टुबर-नोभेम्बरमा भारतसँग युद्ध : पाकिस्तानी मन्त्री
इस्लामावाद, भदौ १२ : कश्मीरका लागि भारतसँग युद्ध हुनेसक्ने पाकिस्तानका एक मन्त्रीले जनाएका छन्।
पाकिस्तानका रेलवेमन्त्री शेख रसिद अह्मदले अक....
इस्लामावाद, भदौ १२ : कश्मीरका लागि भारतसँग युद्ध हुनेसक्ने पाकिस्तानका एक मन्त्रीले जनाएका छन्।
पाकिस्तानका रेलवेमन्त्री शेख रसिद अह्मदले अक्टुबर–नोभेम्बरसम्म पाकिस्तानले भारतसँग युद्ध गर्ने बताएका हुन्। यो कश्मीरको पूर्ण स्वतन्त्रताका लागि अन्तिम युद्ध हुने उनको भनाइ छ।
रावलपिण्डीमा आयोजित कार्यक्रममा मन्त्री अह्मदले भनेका छन्, ‘यो भारतसँग कश्मीरको स्वतन्त्रणका लागि अन्तिम युद्ध हुनेछ।’
पाकिस्तानले संयुक्ती राष्ट्रसंघीय सुरक्षा परिषद् (यूएनएससी)लाई दोस्रो पटक चिठ्ठीले लेखेको छ। कश्मीरको विवाद सुल्झाउनका लागि पहल गर्न आग्रह गरेको छ।
यदि यूएनएससीले यस विवादको हल गरेन भने युद्ध हुने उनको भनाइ थियो। ‘कश्मीरको भविष्य कश्मीरी युवाका हातमा छ। हामी कश्मीरी युवाका पक्षमा उभिने छौं,’ मन्त्री अह्मदले भनेका छन्।
भारतले कश्मीरको विशेष अधिकार खोसेपछि जम्मु र कश्मीर तनावग्रस्त छ। एक महिनादेखि बन्द रहेको छ। फोन, इन्टरनेट अझै खुलेको छैन। विद्यालय, कलेज र विश्वविद्यालयमा पनि पढाइ हुन सकेको छैन।
कश्मीरका तीन पूर्वमुख्यमन्त्री अझै पनि सुरक्षाकर्मीको नियन्त्रणमा रहेका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार, पूर्वमुख्यमन्त्री, मन्त्री, सांसद्सहित दुई हजारभन्दा बढी नेता, बुद्धिजिवि तथा अगुवाहरूलाई नियन्त्रणमा राखिएको छ।
जसले गर्दा कश्मीरको जनजीवन प्रभावित भएको छ। यस विषयमा यूएनएससीमा समेत छलफल भएको थियो।






